
खालीबारी र झापाबीचको खेल अपरान्ह १२ः३० बजे सुरु हुनेछ । दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । ओसिस र चर्चबीचको खेल ३ः३० बजे सुरु हुनेछ । आगामी चैत २४ गतेसम्म संचालन हुने १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।