सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु

सिन्धुलीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।सिन्धुली सदरमुकामबाट कमलामाई नगरपालिका–७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा कमलामाई–७का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली,१९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रजिअ न्यौपानेले बताए । घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए ।

बिज्ञापन

उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौं पठाउन लागिएको मेयर खत्रीले जानकारी दिए ।