
काठमाडौं । काठमाडौंका एक पुरुष खोप लगाएकाे १६ दिनपछि संक्रमित बनेका छन् । गत फागुन २३ गते खोप लगाएका उनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको हाे ।

काठमाडौंका ७५ वर्षीय पुरुषमा खोप लगाएकाे संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए ।
बिज्ञापन



सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।
