पूर्वराजा ज्ञानेन्द्रकाे ‘सन्देशह संग्रह’ सार्वजनिक, हिमानीसँगै छाेरी पूर्णिका ( भिडियो सहित )

काठमाडौं । हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरु भएको संग्रह सार्वजनिक गरेको छ ।

 

बिज्ञापन

हिमानी ट्रष्टले आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उक्त पुस्तक विमोचन गरेको हो । पत्रकार सम्मेलनका क्रममा पूर्वयुवराज्ञी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले पूर्वराजा शाहको सन्देश पढेर सुनाउनुभयो ।

 

हिमानी ट्रष्टले नेपालमा भएका प्रकृतिक विपत्तिमा विभिन्न समयमा राहत उपलब्ध गराउँदै आएको पनि जानकारी दिनुभयो । २०७२ को भूकम्पमा पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म राहत वितरणमा ट्रष्ट लागिपरेको उहाँले बताउनुभयाे ।

 

पूर्वराजा शाहको पुस्तक बिक्रीबाट उपलब्ध भएको रकम पनि कोषमै जम्मा गरिने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने पनि ट्रष्टकी अध्यक्ष हिमानी शाहले बताउनुभयो । पूर्वराजा ज्ञानेन्द्रले कोषका लागि ५०० प्रति संग्रह प्रदान गरिएको कोषले जनाएको छ ।

 

कार्यक्रममा हिमानीपुत्री पूर्णिका पनि उपस्थित थिइन् ।  ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन् ।

 

हेर्नुस् भिडियो :