
काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजकुमार लेखीले राजीनामा दिएका छन् । नेपाल आदिबासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका लेखीले नयाँ राजनीतिक यात्रा सुरु गर्ने भन्दै लोसपाको सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

उनी लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका थिए । अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने भनेपनि त्यसबारे उनले प्रष्ट खुलाएका छैनन् ।
बिज्ञापन



