बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बैंकिङ कसुर मुद्दामा फरार एक महिलालाई ९ महिनापछि पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा बिगत ९ महिनादेखि फरार रहँदै आएकी जिल्ला तनहुँ भानु नगरपालिका–१२ मिर्लुङ स्थायी घर भएकी वर्ष २७ की आशा थापा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको विसं २०७७ असार १४ गतेको फैसलाले दुई दिन कैद र ६ लाख रुपैयाँ जरिवाना हुने गरी फैसला सुनाएकोमा उक्त तोकिएको कैद जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकी अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

विसं २०७७ चैत्र २२ गते बेलुकी काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका–९ स्थित फेला पारी पक्राउ गरेको थियो । तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलानको लागि फैसला गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।