
काठमाण्डौ। सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।बिहीबार राति स८प ७३३० र स६प ५२४३ नम्बरको मोटरसाइकल ठोक्किँदा शम्भुनाथ नगरपालिका ९ का ३५ वर्षीय अनवर अलिको मृत्यु भएको हो।

स६प ५२४३ नम्बरको मोटरसाइकलका चालक उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।राति ८ बजे ती मोटरसाइकल पूर्व पश्चिम राजमार्गमा आपसमा ठोक्किएका थिए।
बिज्ञापन



