लता मंगेशकरको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा पूजा

काठमाडौं । सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । भारतबाट आएको टिमले बुधबार साइतमा लताको स्वास्थ्यलाभको कामना गर्दै विशेष पूजा गरेको हो ।

लता केही समयदेखि अस्पतालमा उपचाररत छिन् । उनको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ । उनको आईसीयूमै उपचार भइरहेको छ ।
कोरोना संक्रमित भएपछि ९२ वर्षीया लतालाई जनवरीको पहिलो हप्ता कोरोना देखिएको थियो ।

बिज्ञापन

त्यसपछि उनको आईसीयूमा र पछि अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो ।
त्यसपछि भने एकाएक उनका बारेमा गलत समाचार बाहिर आउन थाले ।

परिवारले वाध्य भएर उनको उपचार भइरहेको र सुधार भइरहेको सूचना दिन थाल्यो । उनको स्वास्थ्यमा सुधार आएसँगै भेन्टिलेटरबाट आईसीयूमा सारिएको हो ।