`खैरे´ अब सम्झनामा मात्र

दमक । स्थानीय एक बालकलाई टोकेको आरोपमा दुइ साता अघि काभ्रेको,धुलिखेल नगरपालिका स्थित २८ किलोमा खैरे नाम गरेको कुकुरलाई बिजुलीको पोलमा बाँधी,फलामको रड र कोदालोले हिर्काएर दुई व्यक्तिले हत्या गरे।नजिकै रहेको होस्टलमा बस्ने एक विद्यार्थीले उक्त घटनालाई आँफ्नो मोबाइलमा रेकर्ड गरेका थिए जुन इन्ष्टाग्राम मा पोष्ट गरिएको थियो।केही समय नबित्दै भिडियो अन्य विभिन्न सामाजिक संजालमा भाइरल बन्न पुग्यो।भिडियो हेर्ने धेरैको मन रोयो।केही पशु उद्दारकर्मीहरु हात बाँधेर बस्न सकेनन् र छानविनका निम्ति घटनास्थल पुगे।

यसै क्रममा स्थानीयहरुसँग उनीहरुको भनाभन पनि भयो।टोलका केही घरहरुमा अधिकारकर्मीहरुले नै आवेशमा आएर तोड़फोड़ समेत गरेका थिए।घटनाले गम्भीर रुप लिए पश्चात उनीहरुले प्रहरीमा उजुरी दिएको तर उपयुक्त छानविन नभएको पशु अधिकारकर्मीहरुको गुनासो छ।खैरेद्वारा टोकिएको बालकलाई पनि सानो खरोच मात्र देखा परेको भन्दै उनीहरुले घटनामा संलग्नहरुको निन्दा गरेका छन्।

बिज्ञापन

गत वर्ष को लकडाउन आरम्भ भएसँगै मालिक गुमाएपछि खैरे घरपालुवा बाट भुस्याहा कुकुरका रुपमा परिणत भएको थियो।स्थानीयका अनुसार खैरेको स्वभाव त्यस्तो आपत्तिजनक थिएन।उ एक असल कुकुर थियो।

अक्सर मानिशहरु पशु तथा चौपायालाई निर्दयी रुपमा हेर्ने गर्छन्।निमुखा जनावरहरु सडकमा जसोतसो निर्वाह गर्न बाध्य छन्।यदि यसरी नै हाम्रो समाजबाट मानवीयता हराउँदै जाने हो भने कुनै दिन यस्तो आउला जब हामी एक अर्कामाझ पनि असुरक्षित हुनेछौँ।जनावरहरुमा पनि हामी मनुष्यमाझैँ भावनाहरु हुने र उनीहरुका आँफ्ना नितान्त हक र अधिकारहरु पनि हुने भएकाले उनीहरुमाथि कुनै किसिमको अत्याचार मान्य छैन।

खैरेको न्यायको माग गर्दै विभिन्न प्रदर्शनकारीहरुले बुधबारका दिन घरमा पालिएका कुकुरहरु सहित माइतिघरमा नारा लगाएका थिए।