
काठमाडौं – ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेषको ट्राई नेसन्स टि–ट्वान्टी क्रिकेट श्रृखंलामा नेपाललाई लगातार दोश्रो जित दिलाएका छन्। यूवा ओपनरद्वयले लगातार दोश्रो पटक शतकिय साझेदारी गर्दै नेपाललाई मलेसियाबिरुद्द ४७ बल बाँकी छदैँ ९ विकेटकाे शानदार जित दिलाएका हुन्।

१ सय १० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो आभरदेखी नै आक्रामक व्याटिङ गरेको थियो। मलेसियाको लागि पहिला ओभर बलिङ गर्न आएका पवनदिप सिंहको दोश्रो बलमै कुशलले छक्का प्रहार गर्दै खाता खोलेका थिए। त्यसपछि ओपनरद्वयले मलेसियाको बलिङ आक्रमण ध्वस्त पार्दै आक्रामक शतकिय साझेदारी गर्दै नेपाललाई शानदार जित दिलाएका हुन् ।
बिज्ञापन



