
नेकपा एमालेकी नेतृ भगवती चौधरीले पार्टीको बैठकको बीचमा नै बहिष्कार गरेर बालुवाटारबाट बाहिरिएकी छन् । पार्टीको सुनसरी जिल्लाको इन्चार्जमा दाबी गरेकी चौधरीको स्थानमा जगदीश कुशवाहाले इन्चार्ज दिएपछि असन्तुष्ट बनेकी चौधरीले बैठक चलिरहेकै बेला बालुवटारबाट बाहिरिएकी हुन् ।

पहिलोपटक बैठकबाट बाहिरिँदा निरु पाललगायत नेताहरुले उनलाई सम्झाएर पुनः बैठकमा लगे पनि त्यसको १० मिनेटपछि नै बैठकबाट बाहिरिएकी थिइन् ।
बिज्ञापन



बाहिरिने क्रममा उनले ‘अब जे–जे गर्छन्, केपी ओलीले गर्छन्’ भन्ने छोटो प्रतिक्रिया मात्र दिएकी थिइन् ।

भगवती चौधरी गत चुनावमा विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । ०७४ को निर्वाचनमा चौधरीले गच्छदारले धाँधली गरेर चुनाव जितेको उनको आरोप थियो ।