
वीरगञ्ज । छठ पर्वको अवसरमा बारा र धनुषाका हिन्दु समुदायमाथी भएको साङ्घातिक अवरोध, दमन तथा हमला विरुद्ध प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजीनामाको माग गर्दै मंगलबार वीरगञ्जमा वृहत विरोध ¥याली निकालिएको छ । छठमा हिन्दुमाथि भएको आक्रमण गर्ने विरुद्ध विरोध जुलुस निकालिएको हो ।
धनुषा, बारासहित विभिन्न जिल्लामा मुस्लिमहरुद्वारा हिन्दुहरुको आस्थाको केन्द्र एवम् प्रमुख चाड छठ पर्वमा हस्तक्षेप गरी गरिएको आक्रमण विरुद्ध हिन्दुवादी संगठनहरुले विरोध जनाएका हुन् ।
विरोध जुलुसमा सहभागि हिन्दु समाजले मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकता बोकेका मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने, नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायतको नारा लगाएका थिए ।
हिन्दु समाज पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालयस्थित लालबांगलाबाट निकालिएको विरोध जुलुसमा विभिन्न हिन्दुवादी संघ संगठन तथा हिन्दु युवाहरुको सहभागिता थियो । विरोध जुलुस वीरगन्जको घण्टाघर, माईस्थान, आर्दशनगर, छपकैया हँुदै महानगरपरिक्रममा पश्चात पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बक्ताहरुले हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकता बोकेका मुस्लिमहरुलाई शीघ्र पक्राउ गरी कडा कारवाहीको माग गरे ।कोणसभामा विश्व हिन्दु परिषदका जिल्ला अध्यक्ष ओमप्रकाश साहले प्रदेश २ का मुख्यमन्त्रीले नै हिन्दुमाथि आक्रमण गराएको आरोप लगाउँदै उनले तत्काल राजीनामा दिनुपर्ने बताए । नेपाली काँग्रेसका जिल्ला नेता धर्मेन्द्र पटेलले पनि हिन्दुमाथि आक्रमण गर्नेलाई कुनै पनि हालतमा छोड्न नहुने चेतावनी दिए ।
नेपाल विश्व हिन्दु महासंघका सचिव अभिषेक तिवारीले पनि नेपालका हिन्दु संगठित हुनुपर्नेमा जोड दिए । यस्तै हिन्दु परिषद्का अध्यक्ष सन्तोष पटेलले पनि मुस्लिम आयोग र प्रदेश २ का मुख्यमन्त्रीको मिलोमतोमा हिन्दुहरुको मनोबल खसाउने काम भइरहेको आरोप लगाए ।