सलमान खानमाथि गम्भीर आरोप, आपराधिक मुद्दा दर्ता | OmkarTimes.com

एजेन्सी । बलिउडका दबंग स्टार भनेर चिनिने सलमान खानको विवादसँग पुरानो नाता छ । उनी थुप्रै पटक अदालतको चक्कर काटिसकेका छन् ।

 

बिज्ञापन

यसपटक उनीमाथि  पुनः खतराको घण्टी बजिरहेको छ । उनीविरुद्ध विभिन्न संगीन आरोप लगाउँदै मुद्दा दर्ता गरिएको छ । यो उजुरी मुम्बईको एक पत्रकारले दर्ता गरेका हुन् । जसमा सलमानमाथि गम्भीर आरोप लगाएका छन् ।

 

एएनआईले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । यस अनुसार सलमान खानविरुद्ध पत्रकार अशोक पाण्डेयले आपराधिक मुद्दा दर्ता गरिएको छ ।

 

 

जसमा उनीविरुद्ध लुटपाट, हिंसा, आपराधिक गतिविधि र धम्काएको आरोप छ । अशोक पाण्डेयले सलमान खानले साइकल चलाइरहेको देखेपछि भिडियो बनाउने कोसिस गरेपछि जुन घटना भयो, त्यसमा आपत्ति जनाउँदै मुद्दा दर्ता गरेका हुन् ।

 

पत्रकार अशोक पाण्डेयले अंधेरीको अतिरिक्त मुख्य मेट्रोपोलिटन मेजिस्ट्रेट आर खानको अदालतमा चोट पुर्याएको, लुटपाट र आपराधिक धम्की दिएको भन्दै मुद्दा दर्ता गरेका छन् ।

 

ऊजुरीको आधारमा कथित घटना अप्रिल २४ तारिख बिहानको हो । जब सलमान खान साइकल चलाइरहेका थिए र उनका दुई अंगरक्षक उनीसँगै थिए ।

 

पाण्डेयका अनुसार उनी कारमा यात्रा गरिरहेका थिए र अभिनेतालाई देखेपछि उनको भिडियो बनाउन उनका अंगरक्षकसँग सहमती लिएका थिए । यद्यपि, सलमान खान त्यसपछि रिसाए जसका कारण उनका बडिगार्ड उनको कारतर्फ बढेर उनलाई कुटपिट गर्न थाले ।

 

सलमानले उनीमाथि कुटपिट गरेको र उनको मोबाइल खोसेको पाण्डेयको आरोप छ । पुलिसले उनको उजुरी नलेखेपछि आफू यसका लागि अदालत नै जानु परेको उनले बताए । उक्त आवेदनमा १२ जुलाईमा सुनुवाई हुनेछ ।