
काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यका लगायत कोभिड प्रभावित स्थानमा निषेधाज्ञा जारी गरे पनि बैंकका शाखाहरु भने सञ्चालनमा आउने भएका छन् ।सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेकाले निषेधाज्ञामा पनि बैंकहरु सञ्चालनमा आउने नेपाल बैंकर्स संघले जनाएको छ ।

संघले कोभिड-१९ को प्रकोपबाट बच्न तथा जोखिमहरु न्यूनीकरण गर्नका लागि सुरक्षित कारोबार गर्न ग्राहकसँग अनुरोध गरेको छ । सम्भव भएसम्म डिजिटल माध्यमबाट कारोबार गर्न तथा नोटको प्रयोग कम गर्न बैंकर्स संघले भनेको छ ।
बिज्ञापन



इन्टरनेट र मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोनमार्फत पनि सेवा लिन सक्नेछन् । अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नगई भिडभाड कम गर्नका समेत ग्राहकसँग संघले अनुरोध गरेको छ ।
