पाल्पामा चट्याङ्गः एक घाइते किशोरीको पनि मृत्यु, एक जना घाइते (अपडेट)

गएराती पाल्पाको  तिनाउ गाउँपालिका वडा नम्वर १ कचल मुहान टोलमा चट्याङ्ग लागेर घाइते एक  किशोरीको  मृत्यु भएको छ ।

उक्त गाउँँकी  १५ बर्षीया इन्दिरा उचईको चट्याङ्ग लागेर गम्भीर घाईते भएको र उपचारका क्रममा  गएराती नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

बिज्ञापन

त्यस्तै, अन्य एक जनाको उपचार भइरहेको छ । जिल्लाको रैनादेवि छहरा गाउँपालिका ४ घर भई तिनहुँ गाउँपालिका बस्ने १९ बर्षीय रामु गाह घाइते भई उपचार गराई रहेको  जनाइएको छ ।

सोही स्थानका १६ बर्षका प्रेम बहादुर बगालेको चट्याङ्ग लागेर मृत्यु भएको थियो ।

उनको उपचारको क्रममा लुम्बिनी मेडिकल केलेज प्रभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।