काँग्रेस र माओवादी एकमत भएर ओलीको विपक्षमा प्रस्तुत हुने

काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो ।

 

बिज्ञापन

एमालेको माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने र संसद बैठकमा पनि सहभागी नहुने निर्णय गर्दै काँग्रेस–माओवादीको गठबन्धनलाई ओली सरकार ढाल्न सघाउने निष्कर्ष निकालेपछि अब नेपाल समूहसँग सहकार्य कसरी बलियो बनाउने भन्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको नेता वर्षमान पुनले बताए ।

 

बैठकमा आजको संसद बैठकमा काँग्रेस र माओवादी एकमत भएर ओलीको विपक्षमा प्रस्तुत हुने निर्णय पनि भएको छ।