
दुवै डोज खोप लिनेहरु पनि संक्रमित
कोभिड -१९ विरुद्ध दुवै डोज खोप लिइसकेका व्यक्तिहरुमा पनि संक्रमण देखिएको खबर पछिल्लो समय आउन थालेको छ।
नेपालमा अहिलेसम्म करिब १६ लाख जनाले पहिलो डोज खोप लगाएका छन् भने करिब ४ लाख ले दुवै डोज खोप लिइसकेका छन्।
दोस्रो डोज खोप लगाएको १४ दिन पुरा भएपछि मात्र पूर्ण रुपमा खोप लिएको मानिन्छ।पूर्ण खोप लिएको १४ दिन पश्चात मात्र मानिसको शरीरमा एन्टीबडी विकास हुने गर्छ।तर १४ दिन नपुगेको अवधीमा भने मानिसलाई संक्रमण हुने जोखिम कायम रहन्छ।
भारतमा विकास भएको कोभिसिल्ड खोपको दुवै डोज लिइसकेपछि,यसले ९० प्रतिशत सुरक्षा दिने वितरक सिरम इन्स्टिट्युटले बताएको छ।