जापानको फुकुसीमामा ६ म्याग्नीच्यूडको भूकम्प

जापानको फुकुसीमा प्रिफेक्चरमा ६ म्याग्नीच्यूडको भूकम्प गएको छ । फुकुसीमालाई केन्द्रविन्दु बनाएर शुक्रबार भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समयानुसार बिहान ८ बजेर ५८ मिनेटमा गएको थियो ।

बिज्ञापन

उक्त भूकम्पको तीब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षैभरि सानाठूला भूकम्प गइरहन्छन् ।