चितवनमा निषेधाज्ञाको समयमा चोरी गर्ने २ जना पक्राउ

चितवनमा निषेधाज्ञाको समयमा डिक्स बक्स चोरी गर्ने २ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ नबिनचोक र गाविस चोकमा रहेको बिजुलीको पोलमा जडान गरेको प्राईम नेटवर्क प्राइभेट लिमिटेडको ४ थान डिक्स बक्स चोरी गर्ने २ जना पक्राउ परेका हुन ।

वैशाख ३१ गते राती २२ बजेको समयमा ८ हजार ८ सय रुपैयाँ पर्ने ४ थान डिक्स बक्स चोरी गर्ने चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर २ घर भई हाल भरतपुर महानगरपालिका ७ बुद्ध चोक डेरामा बस्ने २० वर्षीय कासी चौधरी र सोही ठाउँका २२ वर्षीय श्रीकृष्ण महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिज्ञापन

उनीहरूलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ भने उनीहरू यस भन्दा पहिले पनि चोरीमा संलग्न रहेको भन्ने समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।