महाधिवेशको विवादबारे छलफल गर्न पौडेल समूहको बैठक बस्दै

काठमाडौँ : नेपाली कांग्रेसको १४औं महाविधेशनको विविध विषयमा छलफल गर्न रामचन्द्र पौडेल समुहको बैठक आज बस्ने भएको छ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ता सञ्चालन र राजनीतिक नियुक्तिमा एकलौटी गरेको भन्दै पौडेल समूह छलफलमा जुटेको हो। देउवाले गृह जिल्ला डडेलधुरामा राज्यशक्तिको दुरुपयोग गर्दै पार्टीको वडा अधिवेशनमा प्रहरी दमन गरेको पौडेल समूहको आरोप छ।

बैठकमा वडा तहको महाधिवेशनका क्रममा भएको विवाद तथा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने जनाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार दिउँसो २ वजे बस्दै छ। प्रदेश दुईका साथै काठमाडौं, सिन्धुपाल्चोकलगायत आफू कमजोर भएको जिल्लामा सभापति देउवाले क्रियाशील सदस्यता समेत टुंगो नलगाएको आरोप पार्टीभित्र लाग्दै आएको छ।

बिज्ञापन

बैठकमा २० जिल्लाको क्रियाशील सूची तत्काल सार्वजनिक गरेर संसोधित कार्यतालिका बमोजिम अधिवेशनको माग गर्ने तयारी गरिएको छ ।