
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापालाई मतदान गर्न आग्रह गरेका छन्। पार्टीको आधिकारीक उम्मेदवार थापा भएकाले उनलाई मतदान गर्न आह्वान गरेका हुन्।

ओलीले घुमाउरो पाराले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन्। ‘पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्,’ ओलीले भनेका छन्।



उता नेपाल पक्षले कांग्रेस, माओवादीसँग मिलेर डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। हिजोमात्र थापाले उपनिर्वाचनमा आफूलाई जिताउन नेपाललाई भेटेर सहयोग मागेका थिए। तर, नेपाल पक्षले भोटरलाई स्वविवेक प्रयोग गर्न दिने बताइसकेको छ। यसको मतलव नेपाल पक्षले आफ्नो उम्मेदवार देवकोटालाई नै समर्थन गरेको बुझ्न सकिन्छ।

राष्ट्रियसभाको निर्वाचनले एमाले एकतामा आशंका पैदा भएको छ। एकातिर नेपाल पक्षले बादललाई हराउन खोज्नु र ओलीले बादललाई मतदान नगरेमा त्यो पार्टीका लागि स्वीकार्य नहुने बताउनुले दुई नेता फेरि दुई ध्रुवतिर लाग्छन् भन्ने शंका उत्पन्न भएको छ।
,