
-सान नेपाल

झापा। निजी शिक्षण संस्थामा आवद्ध रहेका शिक्षकहरुको संस्थागत संगठन निजी विद्यालय शिक्षक युनियन (इस्टु) को गौरादह नगर समिति गठन गरिएको छ ।




माउण्ट एभरेष्ट मा.वी. गौरादहको सभाहलमा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको भेलाले सर्वसम्मत रुपमा सन्जीव बहादुर कार्कीको अध्यक्षतामा १४ सदस्यिय प्रथम नगर समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षहरुमा प्रमोद न्यौपाने, गोपाल पंगेनी, महिला उपाध्यक्षमा कल्पना घिमिरे र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन् । समितिका सदस्यहरुमा फागुलाल शर्मा, देवेन्द्र खतिवडा, इन्दिरा मिश्र, सम्भु साह, रुद्र कुमार वराल, रोहित आचार्य लगायत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा इस्टु केन्द्रिय समितिका सदस्य एन. पी. लामिछानेले कार्यक्रमका उद्घाटन गर्दै निजी क्षेत्रमा सेवारत शिक्षकहरु दमन र शोषण वाट पिडित हुदै आएको र समाजमा तल्लो दर्जाको व्यक्तिको रुपमा व्यवहार गरिने गरेको विशम परिस्थिति औल्याउदै निजी शिक्षकको हक हितको रक्षाको लागी आफुहरु लामो समय देखी संर्घषरत रहेको वताए ।
निजि क्षेत्रमा काम गर्ने शिक्षकहरुको पारिश्रमिक अत्यन्तै न्युन हुने गरेको भन्दै लामिछानेले अवकास पछी निजी शिक्षण संस्थामा अध्यापन गर्ने शिक्षकहरुले खालीहात घर फर्कनु पर्ने वाध्यताको अन्त्य हुनुपर्ने वताए ।
नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएमा मा मात्र पनि ८० प्रतिशत समस्या हल हुने जिकिर गर्दै उनले संघिय शिक्षा ऐनमा व्यवस्था भएका विदा तथा सेवा सुविधाहरु समान रुपमा लागु गराईनु पर्ने, स्थानिय तथा प्रादेशिक तहको शिक्षा ऐन र नियमावलीमा इस्टुको प्रतिनिधित्व हुनु पर्ने, सामुदायिक शिक्षकहरु सरह निजी क्षेत्रका शिक्षकहरुलाई समेत समान रुपमा तालिम प्रदान गरिनु पर्ने विधिसम्मत कार्यहरु यथासिघ्र अगाडी बढाईनु पर्नेमा जोड दिए ।
कार्यक्रममा इस्टु प्रदेश नं. १ अध्यक्ष यादवराज अधिकारीले इस्टुले राखेका माग पुरा नभए जस्तो सुकै कदम चाल्न आफुहरु तैयार भएको भन्दै आवस्यक परे आन्दोलनका कार्यक्रमहरु समेत सुरु गरिने वताए । इस्टुले उठाएका सवै माग प्रति जिल्ला प्याव्शन झापा सकारात्मक रहेको पाईएको र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रति इमान्दार भएर प्यावशनले सहयोग गर्नेमा आफुहरु आशावादी रहेको बिश्वास व्यक्त गरे ।
जिल्ला अध्यक्ष होमराज खतिवडाले झापामा रहेका करिव ४ सय निजी विद्यालयमा ३६ सय भन्दा वढी शिक्षकहरु कार्यरत रहेको भन्दै उनिहरुको भविस्य सुरक्षित गर्नको लागी आएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तुरुन्त लागु गर्न माग गरे ।
शिक्षकहरुको हक हितमा आवाज उठाउदा जस्तो सुकै समस्या भोग्न संगठन तैयार रहेको भन्दै शिक्षकहरुले डर र त्रासको वातावरणमा काम गर्नु पर्ने परिस्थितीको अन्त्य गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
निजी विद्यालयमा पढाउने शिक्षकहरुले पनि दशैँ आएको अनुभव गर्न पाउनु पर्ने तर्क गर्दै सामुदायिक विद्यालयका शिक्षकलाई मात्र चाड वाड वापतको भत्ता उपलव्ध हुनु भावनात्मक रुपमा अत्यन्तै दुखद् रहेको प्रती चिन्ता व्यक्त गरे ।
तदर्थ समितिका अध्यक्ष सञ्जीव कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भावना निरौला, पदम गजुरेल, दिपक खड्का लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सुभाष पाण्डेले गरेका थिए ।