थप १० जना कोरोना संक्रमितको बाँकेमा मृत्यु

बाँकेमा पछिल्लो १५ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, मृतकहरु बाँके, बर्दिया र दाङ जिल्लाका रहेका छन्। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं।. १२ का ४० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख ३० गते पीसीआर गरिएका उनलाई २१ गते भर्ना गरिएको थियो।

बर्दिया बाँसगढी नगरपालिका वडा नं. ३ का ६५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ ५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ६ का ६० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। जेठ २ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ का ५१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो। कोहलपुर नगरपालिका वडा नं. १० का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। जेठ ४ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

खजुरा गाउँपालिका वडा नं. ४ का ३२ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २९ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। बैजनाथ गाउँपालिका वडा नं. ४ का ३८ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ ५ गते पीसीआर गरिएका उनलाई ९ गते भर्ना गरिएको थियो।

दाङ तुलसीपुर उपमहहानगरपालिका वडा नं. ८ का ५६ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो। कोहलपुरका ४७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १९ गते पीसीआर गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१८ का ८५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो।

योसँगै बाँकेमा कोरोनाबाट २ सय ७९ जनाको मृत्यु भएको छ। यहाँ उपचार गराउन आएका बाहिरी जिल्लाका २ सय ५१ जनाको मृत्यु भएको छ।