मोडल खुश्बु ओलीको यस्तो धन्दा, जाने भईन तीन महिनाका लागी जेल

काठमाडौं । खुस्बु ओली कुनै समय एकदम चर्चामा रहेको नाम थियो । अहिले फेरि उनै ओलीको चर्चामा सुरु भएको छ । चेक बाउन्स मुद्दामा मोडल ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

बिज्ञापन

सप्तरीको राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवाल र मोडल तथा समाजसेवी खुस्बु ओलीबीच एकताका राम्रै सम्बन्ध थियो । उनीहरुबीच रकम लेनदेन समेत हुने गरेको थियो ।

सोही क्रममा झन्डै २ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम अपुग भएको भन्दै सापट मागिन् । कटुवालले ओलीलाई ३६ लाख रुपैयाँ पनि दिए ।

ओलीले उक्त रकमको सावाँ ब्याजसहित फिर्ता गर्ने बाचा गरेकी थिइन् । पछि कटुवालले आफूले दिएको सापट रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन् ।

खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत उनले ३६ लाख रुपैयाँको चेक काटेको बताइएको छ ।

उक्त चेक २०१७ जनवरी ३ तारिखमा काटेकी थिईन् । त्यसको दुई दिनपछि कटुवाल चेक साट्न कुमारी बैंक पुगेका थिए । तर, बैंकले रकम नभएको भन्दै उनलाई फर्काइदियो ।

कटुवालले जिल्ला अदालत काठमाडौंमा पेस गरेको मुद्दामा उल्लेख गरिएको छ, ‘रकम नभएको जानकारी पाएपछि मैले ओलीलाई यसबारे जानकारी गराएको थिए ।

उनले केही समयपछि पैसा जम्मा गर्दिन्छु भनेर भनेकी थिइन् । तर, पछि पनि पैसा जम्मा भएन ।’ पछि पटकपटक फोन गरेर पैसा जम्मा गर्न भन्दा पनि ओलीले रकम जम्मा नगरेको कटुवाल बताउँछन् ।

लामो समयसम्म पनि आफ्नो ३६ लाख नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादार मुद्दा दायर गरेका थिए । विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिक कुटावलले मुद्दा दायर गरेका हुन् ।

सोही मुद्दामाथि अदालतले ओलीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने जिल्ला अदालतको ठहर छ।