प्रतिनिधि सभा विघटन गणतन्त्र समाप्त पार्ने कोशिस : माधव नेपाल

काठमाडौँ : नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गलत मनशायबाट पटक पटक प्रतिनिधि सभा विघटन गरिनुले गणतन्त्र समाप्त पार्ने कोशिस भइरहेको आशंका उत्पन्न भएको बताएका छन् ।

 

बिज्ञापन

१४ औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा नेपालले वक्तव्य जारी गर्दै प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी प्रतिनिधि सभा विघटन गरिनु स्वेच्छारी र पतिगामी कदम भनेका छन् ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा उभिएको भन्दै संस्थापन पक्षले नेपालसहित नेताहरुलाई निष्कासन गरेको छ ।