भियतनाममा भेटियो हावाबाट सर्ने कोरोनाको खतरनाक भेरियन्ट

कोरोना भाइरस सङ्क्रमणले विश्वलाई नै तहसनहस बनाइरहेका बेला फेरि कोरोनाको अर्को खतरनाक भेरियन्ट फेला परेको छ ।

यसअघि फैलिएको कोरोना सङ्क्रमण नियन्त्रण हुननसक्दै र त्यसको निदानका लागि प्रभावकारी उपाय पत्ता लाग्ननपाउँदै भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको हो । भियतनाममा भेटिएको भेरियन्ट यसअघिको भन्दा निक्कै खतरनाक र हावाबाट पनि सर्ने खालेको रहेको विज्ञहरुले बताएका छन् ।

बिज्ञापन

उक्त भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्टको समिश्रण भएको दाबी गरिएको छ । यसअघि फैलिएको भाइरसभन्दा अझै बढी सङ्क्रामक भएको विज्ञहरुले बताएका छन् ।

भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिनसक्ने भएकाले यो फैलन नदिन अझै थप सुरक्षात्मक उपाय अपनाउन आवश्यक रहेको अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने तथा हराएर जानेसमेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी सङ्क्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

सन् २०१९ को डिसेम्बरमा कोभिड–१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिनामा नै यसका हजारौँ परिवर्तित रुपहरु देखिए । भियतनाममा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ ।

नयाँ भेयिन्ट हावाबाटै फैलिनै भएकाले बढी जोखिमपूर्ण रहेको पनि विज्ञहरुले बताएका छन् । कोरोनाविरुद्ध बनेका खोपहरु फाइजर र एस्ट्राजिनिकाको दुवै डोज लगाएकाहरुलाई भारतीय भेरिन्यन्टले खासै धेरै असर नगरेको अध्ययनहरुले देखाएका छन् ।

तर हाल पत्ता लागेको नयाँ भेरियन्टलाई खोपले काम गर्छ कि गर्दैनभन्ने अनुसन्धानकै क्रममा रहेको छ । यसले सङ्क्रमण पुष्टि भइसकेपछि मानिसको अवस्था कस्तोसम्म बनाउँछ भन्ने बारेमा पनि अध्ययन थालिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।