झ्वाक्कि किम: सैनिक अधिकारीलाई पिरान्हा माछाको ट्यांकभित्र थुनेर हत्या

काठमाडौ । उत्तर कोरियाली नेता किम जोङले एक सैनिक अधिकारीलाई पिरान्हा माछाको ट्यांकभित्र थुनेर हत्या गरेका छन् ।

 

उक्त अधिकारीले किमविरुद्ध षड्यन्त्र रचेर योजना बनाएको किमले थाहा पाए पछि उनले ती सेनालाई ब्राजिलबाट ल्याएको संयौं पिरान्हा माछाको ट्यांकभित्र थुनिदिएका थिए ।

 

किमका सहयोगीले ती सेनालाई ट्यांकभित्र फाल्नु अगाडि घाइते बनाएका थिए भने  पिरान्हा माछाको ट्यांकभित्र थुनिदिए पछि माछाले उनको शरीरलाई खाएको डेली स्टारले जनाएको छ ।

 

पिरान्हा माछा यस्तो आक्रमक माछा हो जसको दात निकै तिखो हुन्छ। यसको टोकाइबाट गहिरो चोट लाग्ने गर्दछ ।