
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना रहेको बताएका छन् ।
भट्टराईले कुनै संकटले नयाँ सम्भावना लिएर आउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धकोे प्रतिगमनको संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने उल्लेख गरेका हुन् ।
बुधबार ट्वीट गर्दै भट्टराईले ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि कम्युनिष्टका कुरा असान्दर्भिक भएकोले नयाँ ढंगबाट सोच्न उनले आग्रह गरेका छन् ।
‘ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसेकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्टको कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ’ उनले भनेका छन् ।