
काठमाडौं : पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (आइतबार ) २ खेल हुदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २:३० बजे पहिलो खेलमा विराटनगर एफसी र एफसी धनगढीबीच रोमाञ्चक भिडन्त हुनेछ ।



त्यस्तै दोस्रो खेल साँझ ५:३० बजेबाट दशरथ रंगशालामा पोखरा थर्डस र बुटवल लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै हिजो सम्पन्न उद्घाटन खेलमा काठमाडौं रेजर्सले विजयी सुरुवात थियो । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।
काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ६६औं मिनेटमा ओलुमोउले गोल गरेका थिए । ओलुमोउले गोल गरेकाे जुन गोल खेलको निर्णायक गोल बन्यो ।