फिल्मीशैलीमा दिउँसै गोली प्रहार गरी चार लाख ४१ हजार रुपैयाँ लुटियो

रुपन्देही।  गैडहवामा फिल्मीशैलीमा दिउँसै अज्ञात समूहले गोली प्रहार गरी चार लाख ४१ हजार रुपैयाँ लुटपाट गरेको छ ।

 

बिज्ञापन

गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल सरसफÞाई समितिको रकम लिएर आउँदै गरेका रेशम कुमारी मल्ल, सुरज क्षेत्री र मोहरत पासी चढेको टेम्पोमा अज्ञात समूहले गोली प्रहार गरी रकम लुटपाट गरेका शसस्त्र प्रहरी कार्यालय लोन्डिहवाका प्रहरी निरीक्षक तेजराज शर्माले जानकारी दिनुभयो ।

 

 

ताल सरसफाई समितिको २ लाख ४२ हजार र ब्यक्तिगत २ लाख रकम लुटपाट भएको उहाँले जानकारी दिनुभयो ।

 

ताल सरसफाई समितिको रकम लुम्बिनी स्थित कृषि बिकास बैकबाट निकालेर सु १ ह ३३७ नम्बरको टेम्पोमा आउँदै गरेका उनीहरुलाई गैडहवा गाउँपालिका वडा नं ४ मंगलपुरमा आइपुग्दा २ जनाको समूहमा कालो रङ्गको मोटरसाइकलमा आएकाहरुले टेम्पोमा गोली प्रहार गरी रकम लुटपाट गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

लुटेराहरुले प्रहार गरेको गोली टेम्पोको टायरमा लागेको छ, तर कुनै मानविय क्षति भने नभएको बताइएको छ । टेम्पोको टायरमा लागेको गोली भेटिएको प्रहरीले जनाएको छ । लुटेराहरुको खोजी कार्य जारी राखिएको प्रहरीले बताएको छ ।