सर्वोच्चमा आज नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ हुने

काठमाडौं  । सर्वोच्च अदालतमा आज नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ हुने भएको छ ।

नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेको रिटमथि आज सुनुवाइ हुने भएको हो । गत आइतबारबाट भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ समयमा अभावका कारण (बिहीबार) आजलाई राखिएको थियो ।

उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गरेकी थिइन् ।  अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेको छ ।