
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले भारतमा आयोजना हुने यु-१८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार प्रतियोगिता एक चैत ११ गतेसम्म चल्नेछ ।
भारतको जमशेदपुरमा हुने प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता रहने छ ।
डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपालले आयोजक भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाल र भारतबीचको खेल एक चैत्रमा हुनेछ । ३ चैत्रमा हुने दोस्रो खेलमा नेपालले बङ्गलादेशको सामना गर्नेछ ।
यस्तै, सात गते दोस्रो पटक भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले नौ गते बङ्गलादेशसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने साफले जनाएको छ ।