
भारतमा कोरोना संक्रमितको हरेक दिन मृत्यु हुने दरमा केही कमि आएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ सय ८७ जना संक्रमितको मृत्यु भएको छ।

यसअघि हरेक दिन ४ हजारको हाराहारीमा मृत्यु हुने गरेको थियो। यस्तै पछिल्लो २० घण्टाको अवधिमा ८८ हजार ९ सय ७७ जना संक्रमणमुक्त भएका छन्।
बिज्ञापन




२४ घण्टामा नयाँ संक्रमित थपिनेको संख्या ६२ हजार ४ सय ८० छ।
अहिलेसम्म भारतमा २ करोड ९७ लाख ६२ हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड ८५ लाख ८० हजार ६ सय ४७ जना संक्रमणमुक्त भएका छन्। ३ लाख ८३ हजार ४ सय ९० जनाले ज्यान गुमाएका छन्।
अहिले भारतमा ७ लाख ९८ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्