सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु | OmkarTimes.com

सर्लाही । सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

 

बिज्ञापन

जिल्लाको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–१, धोबिनियाँ मुसहरी टोल बस्ने सञ्जय माझीका तीन वर्षीय छोरा निरज माझीको पानीमा डुबेर मृत्यु भएको हो ।

 

घर नजिकै खेल्ने क्रममा पानीको निकास हुँदा बनेको खाल्डोमा डुबेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

एक साताअघि जिल्लाको कौडेना गाउँपालिकामा वर्षाको पानी जमेको खाल्डोमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको थियो ।