
खोटाङ : जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका एक जना आफ्नै बुवाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । २८ बर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेका हन् ।

बिज्ञापन



आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । घटनाको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुवर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।