
रुपन्देही : चट्याङ्ग लागेर रुपन्देहीको मर्चवारमा एक जनाको मृत्यु भएको छ । भने अन्य ४ जना घाइते भएका छन् । रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाका अनुसार र्मचरवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको हो भने अन्य ४ जना घाइते भएका हुन्। जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको छ ।
उनीसँगै रहेका स्थानीय ११ वर्षिय सन्तोष यादव घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस्तै, चट्याङ्ग लागेर मर्चवारी गाउँपालिका–१ कोटियहवाको इन्द्रावती यादव, माया यादव, गौरी यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन्। उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा उपचारको लागि ल्याएको प्रहरीले जनाएको छ ।