
सुर्खेत । नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको निधन भएको छ।

कोरोना संक्रमणका कारण सोमबार थापाको निधन भएको दैलेखका काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीले जानकारी दिए ।
बिज्ञापन



शाहीका अनुसार थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको हो ।

थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि बनाएका राजनीतिज्ञमा स्थापित नेता हुन् ।
उनी पञ्चायत कालमा नेपाल युवक संगठनको भेरी अञ्चल हुँदै ०४७ सालमा बहुदल पश्चात नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
२०५३ सालमा नेपाली काँग्रेस दैलेखको ९ औं अधिवेशनबाट पार्टी सभापति भएका थिए । आन्तरिक द्धन्द्धका कारण ०५६ मा नै उनी अपदस्थ हुनुपरेको थियो ।
हाल नेपाल बाल संगठनको जिल्ला सभापति एवं केन्द्रीय सदस्य, पार्टीको महासमिति सदस्य, शुभेच्छुक संस्था समन्वय विभागका सदस्य समेत हुन् ।