फ्रान्समा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटिएका पाँचजना सदस्यको ज्यान गएको छ ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले उद्धार कार्यमा खटिएका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जना सहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँले जानकारी दिएका छन् । हेलिकोप्टर दुर्घटनामा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका छन् ।

 

दुर्घटनाको कारणबारेमा अनुसन्धान सुरु भएको छ । उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ । प्रारम्भिक सुचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेका थिए भनिएको छ । यस विषयमा विस्तृत जानकारी आइसकेको छैन ।