
जनकपुरधाम : सिरहामा प्रहरीको हिरासतबाट एकजना थुनुवा फरार भएका छन् । गएराति इलाका प्रहरी कार्यालय लहानबाट थुनुवा फरार भएका हुन् ।
लागु औषधसहित पक्राउ परेर हिरासतमा रहेका एकजना थुनुवा गएराति १ बजेतिर फरार भएको लहानका डीएसपी तपन कुमार दाहालले जानकारी दिए । उनका अनुसार फरार भएका अभियुक्त जेठ २० गते पक्राउ परेका थिए ।
राति १ बजेतिर हिरासतको ग्रील तोडेर फरार भएको उनको भनाइ छ । थुनुवाको नाम भने प्रहरीले खुलाएको छैन ।