युरो कप २०२० को उपाधि इटालीको पोल्टामा

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता २०२० को उपाधि इटालीले जितेको छ ।

सोमबार बिहान इंग्याण्डको वेम्बली सम्पन्न खेलमा घरेलु टोलीलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै इटाली च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो ।

बिज्ञापन

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् ।

इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।

त्यसअघि खेलमा सुरुवाती अग्रता भने घरेलु टोली इंग्ल्यान्डले बनाएको थियो । खेलको तेस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफ १-० गोलले पछि परेको इटालीले दोस्रो हाफको खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए ।

उक्त जित सँगै इटाली दोस्रो पटक युरो कपको च्याम्पियन बनेको हो । यता इंग्ल्याणड भने पहिलो पटक फाइनलमा पुगेको थियो ।