
काठमाडौं । संसद विघटन मुद्दाको सुनुवाइ गर्न आज संवैधानिक इजलास आज बस्दै छ ।

यसअघि संसद विघटनबारे सुनुवाइको सबै प्रक्रिया सकिएको छ । त्यसकारण फैसला आउने सम्भावना रहेको छ ।



प्रतिनिधिसभाका १४६ सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दैै सर्वोच्चमा रिट दायर गरेका थिए । गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न मागसमेत गरिएको छ ।
यो मुद्दामा सर्वोच्च अदालतले दिने फैसलाले देशको भावी राजनीति कसरी अगाडि बढ्छ भन्ने कुरा निहित भएकाले अदालतको फैसलाप्रति आमचासो छ ।