गौरादहमा परिवर्तनका लागि युवा अभियानको नेतृत्व हेरफेर , १०१ सदस्यीय नगर समितिको घोषणा

दमक । गौरादह नगरपालिका भित्र भएका विकृति र बिसंगती बिरुद्ध खरो आवाज उठाउदै आएको संस्था परिवर्तनका युवा अभियानले १०१ सदस्यीय नगर समिति निर्माण गरेको छ ।युवा माझ लोकप्रिय बन्दै गएको अभियानको नेतृत्वमा केही हेरफेर गर्दै आज गौरादह नगरपालिका वडा नम्बर १ को सभा हलमा भएको नगर भेलाले उक्त समिति चयन गरेको हो ।

उक्त भेलाले अध्यक्षमा भुवन खड्का , प्रथम उपाध्यक्षमा मन्तोष सिटौला , द्वितीय उपाध्यक्षमा प्रविणा न्यौपाने , तृतीय उपाध्यक्षमा खेम कडरिया , सचिवमा नवीन रिमाल , सह-सचिवमा सकेन्द्र ताजपुरिया , कोषाध्यक्षमा गिता फुयलको चयन गरेको छ ।

त्यस्तै कार्य समिति सदस्यहरुमा अमन राजवंशी , मिलन बस्नेत , उत्तम पोख्रेल र बन्दना खरेललाई चयन गरेको छ भने नगरका ९ ओटै वडा वाट अन्य ९० जना क्रियाशील सदस्य गरेर १०१ जनाको नगर समिति घोषणा गरेको हो ।त्यस्तै निवर्तमान अध्यक्ष उमेश कुमार कार्की र सचिव अशोक कार्कीलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

गौरादह नगरपालिका भित्रका युवाहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमलाई अभियानका कानुनी सल्लाहकार तिलक तिम्सिनाले सम्बोधन गर्दै भने ` मैले आजसम्म यस नगरभित्र युवाहरूको यति ठूलो संख्यामा उपस्थिति देखेको थिइन । यस अभियानले स्थापना काल देखि नै विकृति र विसंगति बिरुद्धमा खरो खबरदारी गरेर छोटो समयमा गौरादह नगरपालिका भित्र आफ्नो दह्रो उपस्थिति जनाएको छ । यस अभियान अब गौरादहमा मात्र सिमित नभइ देशैभरि संचालित हुनुपर्छ ।´

त्यस्तै नव नियुक्त अध्यक्ष भुवन खड्काले कार्यक्रममा बोल्दै भने ` आजसम्म यस संस्थालाई यो उचाइसम्म पुर्‍याउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा संस्थालाई थप उचाइमा पुर्याउन जस्तोसुकै परिस्थितिको सामना गर्न म तयार छु ।´

उक्त कार्यक्रममा संस्थाका सल्लाहकार सान नेपालले संस्थाको हालसम्मको गतिविधिका बारेमा प्रष्ट पार्नुका साथै संस्थाको भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको सभापतित्व समेत गर्नुभएका निवर्तमान अध्यक्ष उमेश कार्कीले कार्यक्रममा बोल्दै भने ` हामीले सिमीत मान्छे , सिमित स्रोत साधनका बाबजुद पनि गौरादह नगरभित्र छोटो समयमा संस्थालाई स्थापित गराएका छौ । यस कार्यमा हामीलाई साथ दिने सम्पुण टिमलाई धन्यवाद दिन चहान्छु र नयाँ कार्य समितिले यस संस्थालाई अझ स्थापित गराउनेछ भन्ने कुरामा म ढुक्क छु ।´

गौरादह नगरपालिका भित्र निकै आशाको रुपमा हेरिएको अभियानले गरेको उक्त कार्यक्रमको संचालन रुपेश शिवाले गरेका थिए ।