आधिकारिकता पाएपछि जसपा अध्यक्ष यादवले बोलाए पहिलो बैठक

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

निर्वाचन आयोगबाट सोमबार आधिकारिकता पाएपछि अध्यक्ष यादवले पहिलो कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।

बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । बैठकमा पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने बताइएको छ ।