तेस्रो लहरको जोखिम बढ्यो, सबैलाई खोप उलपब्ध गराउन लागिपरौँ : नेता सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

शनिबार विहान काठमाडौँको नयाँ बजारमा भएको एक कार्यक्रमा बोल्दै नेता सिंहले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्न सरकारले विशेष तयारी थालन्नु पर्ने बताएका हुन् ।

बिज्ञापन

उनले कांग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण हुनुपर्ने बताए । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसकेको भन्दै सिहंले त्यसै अनुसार काम थाल्न सरकारलाई आग्रह गरे ।