‘राष्ट्रिय भूमि आयोग’ गठनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै

काठमाडौँ : भूमिसम्बन्धी समास्या समाधान आयोग विघटन गरेको सरकारले ‘राष्ट्रिय भूमि आयोग’ गठन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाँदै छ । भूमि व्यवस्था मन्त्रालयले आज राष्ट्रिय भूमि आयोग गठन आदेशको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने भएको मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताउनुभयो ।

पाण्डेका अनुसार भूमि व्यवस्थाको पस्तावमा अर्थ मन्त्रालयले सहमित जनाइसकेको छ । कानूनले सहमति दिएलगत्तै आज अपरान्ह पन्त्रिपरिषदमा राष्ट्रिय भूमि आयोग गठन आदेशको प्रस्ताव लैजाने सचिव पाण्डेले बताउनुभयो । सरकारले गत मंगलबार भूमिसम्बन्धी आयोग विघटन गरेको थियो ।

बिज्ञापन

आयोग विघटन हुनुमा संवैधानिक कारण भएको मन्त्रालयको भनाइ छ । आयोग खारेजीविरुद्ध सडकदेखि सदनसम्म चौतर्फी विरोध भइरहेके छ । अहिले सर्वोच्चमा ४ वटा रिटसमेत दायर भएका छन् । हिजो दायर भएका रिटको प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको छ ।