मकवानपुरबाट १५ किलो गाँजा सहित एकजना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले १५ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बाट १५ किलो ९०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालका अनुसार कैलाश गाउँपालिका-८ का २९ वर्षीय दिलबहादुर बल पक्राउ परेका हुन्‌।