सर्लाहीमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

सर्लाली– सर्लाहीमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर बजार क्षेत्र तनावग्रस्त बनेको छ।

साइकल यात्रीको दुर्घटनामा परि मृत्यू भएपछि आक्रोशित स्थानीयवासीले टिपरलाई नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी समेत गरेका छन्। टिपरको ठक्करबाट शुक्रबार लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको थियो।

बिज्ञापन

स्थानीयवासीले मृतक महतोको शव राजमार्गमा राखेर आन्दोलन गरेका हुन्। स्थानीयवासी तोडफोडमा उत्रिन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ। त्यसलगत्तै नवलपुर बजार क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप भएको हो। प्रहरीले भिडलाई तितरवितर पार्नका लागि ४ राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ।