पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक बसिरहेको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसेको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको विषयमा छलफल भइरहेको उनले बताए । शनिबार (हिजो)देखि सुरु भएको केन्द्रीय कमिटीको बैठक आज पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान ११ बजे बस्ने बताइएको छ ।

बिज्ञापन