उद्दार र सुरक्षा प्रबन्ध मिलाउन  निर्देशन दिइसकेको छु’ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानको पछिल्लो सुरक्षा अवस्थाबारे बुझ्ने काम भैरहेको बताउँदै अत्यावश्यक स्थितिमा नेपालीको उद्दार गरिने बताएका छन् ।

यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि उनले ट्वीटरमार्फत जानकारी दिएका छन् । ‘उद्दार र सुरक्षा प्रबन्ध मिलाउन आइतबार निर्देशन दिइसकेको छु’ उनले भनेका छन् ।

बिज्ञापन

सुरक्षा र उद्दारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व निभाउनु सरकारको दायित्व भएको बताउँदै देउवाले सरकार सजग र गम्भीर समेत बताएका छन् ।