एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै महेश बस्नेतको  विरोध

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै विरोध जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो दिनको रुपमा अंकित हुने बताए ।  ‘सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ ।

यो संसद अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने । डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय गर्यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ’, उनलेे भने । अदालतबाट संसद पुनर्स्थापनाको निर्णय भएपछिको डेढ महिना श्रद्धाञ्जली, शून्य समय र प्रतिवेदन पेश गर्नेबाहेक कुनै काम नभएको सांसद बस्नेतले बताए ।

बिज्ञापन